spot_img

हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

spot_img
spot_img

काठमाडौँ,१६ कातिक । मकवानपुरको हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा पहिरो खस्दा आवागमन पूर्ण रूपमा रोकिएको छ। इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेस्थित सडक खण्डमा हिजो बेलुका पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँ र हेटौँडा बीच चल्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

“पहिरो पन्छाउन सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ, तर अहिलेसम्म काम सुरु भएको छैन,” बोगटीले बताए। उनका अनुसार सडक खुलाउन अझै केही समय लाग्ने सम्भावना छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले यात्रुहरूलाई असुविधा नहोस् भनेर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय