spot_img

एन.पी.एल समाजद्वारा महानगरलाई कम्प्युटर र प्रिन्टर सहयोग

spot_img
spot_img

बीरगन्ज,१६ कात्तिक । एन.पी.एल समाज कल्याण संस्थाले वीरगन्ज महानगरपालिकालाई कम्प्युटर र प्रिन्टर सहयोग गरेकाे छ । हालैको जेन-जी (Zen-Z) आन्दोलन का क्रममा वीरगन्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा भएको लुटपाट, तोडफोड र आगजनीले सम्पूर्ण सामग्री नष्ट भएपछि कार्यालय सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको थियो।

यस कठिन परिस्थितिमा, सामाजिक उत्तरदायित्व बोध गर्दै एन.पी.एल समाज कल्याण संस्थाले ७ थान कम्प्युटर डेस्कटप र ३ थान प्रिन्टर उपलब्ध गराइ वीरगन्ज महानगरपालिकाको दैनिक कार्य सञ्चालन सहज बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

महानगरपालिकाका अधिकारीहरूले यस सहयोगले कार्यालय सञ्चालनमा मात्र होइन, सेवाग्राहीले निरन्तर सेवा पाउने वातावरण सुनिश्चित गर्न पनि ठूलो टेवा पुगेको बताएका छन्। साथै, भविष्यमा पनि एन.पी.एल समाज कल्याण संस्था र वीरगंज महानगरपालिकाबीच यस प्रकारका सहकार्य र साझेदारी जारी रहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

वीरगन्ज महानगरपालिकाले पुनः एन.पी.एल समाज कल्याण संस्था परिवारप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय