Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

कक्षा १२ को पूरक...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज...

पोखरिया–१० मा एमालेको वडा...

पर्सा,२३ कात्तिक । नेकपा (एमाले) केन्द्रीय कमिटीले जारी गरेको देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत...

नारायणी अस्पतालमा नयाँ मेसु...

वीरगन्ज,२३ कात्तिक । वीरगन्जस्थित नारायणी अस्पताल विकास समितिले आज नयाँ निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

सामाजिक सञ्जालमा मेयर बालेनको स्टाटसले आलोचना र समर्थनबीच विवाद

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१६ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ले शनिबार मध्यरातमा सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा विवादास्पद स्टाटसले ठूलो बहस सिर्जना गरेको छ ।

स्टाटसमा प्रयोग गरिएका शब्दहरूमाथि आपत्ति जनाउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न धारणा व्यक्त गर्न थालेका छन् । मेयर शाहले सो स्टाटसमा अश्लील शब्दको प्रयोग गर्दै छिमेकी मुलुकहरू चीन र भारत सहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको समेत नाम उल्लेख गरेका थिए । उक्त अभिव्यक्तिले मेयर शाहलाई विवादको घेरामा तानेको छ ।

आश्चर्यको कुरा त यो छ कि मेयर बालेनका समर्थकहरूले समेत उनको उक्त पोस्टको आलोचना गरेको पाइएको छ । धेरैले महानगरपालिकाको मेयर जस्तो जिम्मेवार र गरिमामय पदमा रहेको व्यक्तिको यो अभिव्यक्तिलाई अमर्यादित र असंवेदनशील कदमको रूपमा लिएका छन् । स्टाटस पोस्ट भएको केही मिनेटमै हटाइएको भए पनि, त्यसको स्क्रिनसट व्यापक रूपमा फैलिएको छ ।

- Advertisement -

उक्त अभिव्यक्ति बारेमा सामाजिक सञ्जालमा अहिले पनि व्यापक बहस चलिरहेको छ । धेरै टीकाकारहरूले मेयरको यस वक्तव्यलाई कूटनीतिक मर्यादा विपरीत भएको जिकिर गरेका छन् । यद्यपि, केहीले यसलाई हास्यात्मक, ठट्यौलो वा प्रतीकात्मक रूपमा बुझेर फरक धाराणाहरू पनि बनाएका छन् ।

ताजा समाचार

थप समाचार