spot_img

विद्युत् कटौतीविरुद्ध घोराही र सोनापुर सिमेन्ट उद्योगका मजदुरको प्रदर्शन

spot_img
spot_img

दाङ, १६ कात्तिक । घोराही सिमेन्ट र सोनापुर सिमेन्ट उद्योगका मजदुरहरूले उद्योगमा विद्युत् आपूर्ति बन्द भएको विरोध गर्दै दाङको घोराहीस्थित नेपाल विद्युत् प्राधिकरण कार्यालयमा धर्ना दिएका छन्।

‘रोजीरोटी खोस्न पाइँदैन’ तथा ‘श्रम गरी खान दे’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेका मजदुरहरूले प्राधिकरण कार्यालय अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए। विद्युत् सेवा ठप्प हुँदा आफ्नो रोजगार संकटमा परेको उनीहरूको गुनासो छ।

नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै उद्योगहरूको बिजुली लाइन काटेको थियो। विद्युत् आपूर्ति रोकिनुपर्ने परिस्थिति नआउने गरी समाधान खोज्न मजदुरहरूले माग गरेका छन्।

उद्योगीहरूले भने बक्यौतासम्बन्धी पूर्ण प्रमाण उपलब्ध गराउन प्राधिकरणसँग माग गर्दै आएका छन्। प्राधिकरणले प्रमाण नदिएसम्म भुक्तानी नगर्ने अडान उद्योग पक्षले लिएको छ।

मजदुरहरूले विद्युत् कटौतीका कारण उत्पादन बन्द भई जीविकोपार्जनमा प्रत्यक्ष असर परेकाले तत्काल समाधान खोज्न दुवै पक्षलाई आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय