spot_img

बीरगन्ज सामुदायिक आँखा केन्द्रमा रेफ्रेक्टिभ सर्जरी स्क्रिनिङ कार्यक्रम सम्पन्न

spot_img
spot_img

बीरगन्ज , १६ कात्तिक । ‘बिना चश्मा पनि स्पष्ट दृष्टि सम्भव’ भन्ने उद्देश्यसहित वीरगञ्ज सामुदायिक आँखा केन्द्रले शनिबार रेफ्रेक्टिभ सर्जरी स्क्रिनिङ कार्यक्रम सम्पन्न गरेको छ।

तिलगंगा आँखा प्रतिष्ठानका रेफ्रेक्टिभ, कर्निया तथा क्याटर्याक्ट विशेषज्ञ डा. सागर रुइत र डा. पुरुषोत्तम ढुंगानाको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा ७२ जनाको आँखा परीक्षण गरिएको केन्द्रका मेडिकल को–अर्डिनेटर महेश सिंह धामीले जानकारी दिए।

परीक्षणमा सहभागीमध्ये ६ जनामा अपवर्तन त्रुटि (Refractive Error) देखिएपछि प्रारम्भिक अध्ययनका आधारमा उनीहरू सर्जरीका लागि उपयुक्त देखिएको धामीले बताए। ती सबै बिरामीलाई थप परीक्षण र रेफ्रेक्टिभ सर्जरीका लागि तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंमा सिफारिस गरिएको छ।

धामीका अनुसार, कार्यक्रमले स्थानीय समुदायलाई आधुनिक आँखा उपचार तथा रेफ्रेक्टिभ सर्जरीसम्बन्धी जानकारी विस्तार गर्न मद्दत गरेको छ। “यस किसिमको अभियानले बिना चश्मा दृष्टि सुधारको विकल्पबारे जनचेतना बढाउने विश्वास लिएको छ,” उनले भने।

कार्यक्रममार्फत आँखा उपचार सेवा पहुँच विस्तार र बिरामीहरूको जीवनस्तर सुधारमा योगदान पुग्ने अपेक्षा लिइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय