spot_img

सप्तरीमा झाडापखाला प्रकोप : स्वास्थ्यकर्मीको टोली द्वारा नमुना संकलन

spot_img
spot_img

सप्तरी, १६ कात्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ स्थित लोखरम मुसहर बस्तीमा फैलिएको झाडापखाला प्रकोपलाई नियन्त्रणमा लिन स्वास्थ्यकर्मीको टोली खटिएको छ।

स्वास्थ्यकर्मीहरूले प्रभावित क्षेत्रका घर–घरमा पुगेर पखालाको नमुना संकलन जारी राखेका छन्। कोचाबखारी स्वास्थ्य चौकी लोखरमका इञ्चार्ज आलोक रञ्जन झा अनुसार संकलित नमुनाहरू परीक्षणका लागि प्रयोगशालातर्फ पठाइने छन्। “नमुना जाँचपछि संक्रमणको कारण पत्ता लगाई उपचारका रणनीति तय गरिनेछ,” झाले जानकारी दिए।

यसै बस्तीमा झाडापखालाका कारण एउटै परिवारका तीन जनाको मृत्यु भइसकेको छ। हालसम्म १५ जनाबाट पखालाको नमुना संकलन गरिएको छ।

स्थानीयवासीमा त्रास फैलिएको अवस्थामा स्वास्थ्यकर्मीले जनचेतना, स्वच्छ खानेपानी उपयोग र सावधानी अपनाउनेबारे समेत परामर्श दिइरहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय