spot_img

महाधिवेशनको माग चर्कियो : युवा काँग्रेस कार्यकर्ताद्वारा केन्द्रीय कार्यालयमा तालाबन्दी

spot_img
spot_img

काठमाडौं,१६ कात्तिक । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति घोषणा नगरेपछि उत्पन्न असन्तुष्टि आज प्रत्यक्ष विरोधका रूपमा अभिव्यक्त भएको छ। नियमित महाधिवेशनको माग गर्दै युवा कार्यकर्ताहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयको मुख्य गेटमा तालाबन्दी गरी प्रदर्शन गरेका छन्।

युवाहरूले पार्टी नेतृत्वलाई तत्काल महाधिवेशनको समय तोक्न साथै आगामी महाधिवेशनमा युवाको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्न दबाब दिएको छ। उनीहरूले कांग्रेस ‘अनिर्णयमा फसेको’ भन्दै नेतृत्वलाई छिटो निर्णय गर्न चेतावनीसमेत दिए।

असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक पटक–पटक स्थगित हुँदै आएपछि युवाहरूको आक्रोश उग्र भएको हो। शुक्रबार बस्ने भनिएको बैठक नहुँदा आज (शनिबार) का लागि सारिएको थियो। तर आजको बैठक पनि नबसी फेरि मंगलबार (कात्तिक १८) मा सारिएपछि युवाहरूले तालाबन्दीको कदम चालेका हुन्।

विरोधमा सहभागी विद्यार्थी नेता भुवन भट्टका अनुसार, “नेतृत्वले बारम्बार बैठक स्थगित गर्दै पार्टीभित्र अनिश्चितता बढाएकोले बाध्य भएर तालाबन्दी गर्नुपर्यो।”

युवाहरूले तालाबन्दी नखोल्ने र दबाब कार्यक्रम निरन्तर गर्ने चेतावनी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय