spot_img

‘पहिला देश’ अभियानका दुई समर्थक माइतीघरबाट पक्राउ

spot_img
spot_img

काठमाडौँ,१६ कातिक । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका ‘पहिला देश’ अभियानका दुई समर्थकलाई प्रहरीले पक्राउ गरेको छ। डा. निकोलस भुसाल नेतृत्वको अभियानले आज विभिन्न संघ–संगठनसँग मिलेर विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूले सरकारविरोधी नाराबाजी गरिरहेको कारण नियन्त्रणमा लिइएको जनाएको छ। पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन। दुबैजनालाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ।

घोषित कार्यक्रमअनुसार माइतीघरमा प्रदर्शन सुरू भए पनि अभियानका अगुवा डा. निकोलस भुसाल भने निर्धारित समयमा कार्यक्रमस्थलमा पुगेका छैनन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय