spot_img

‘बार्ता’का नाममा दुई युवा अभियन्ता पक्राउ, आदर्श कोतवालका स्थानीयवासी आन्दोलित

spot_img
spot_img

बारा,१६ कातिक । बाराको आदर्श कोतवल गाउँपालिकामा दुई युवा अभियन्तालाई “बार्ता”को नाममा बोलाई पक्राउ गरिएको घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन्। पक्राउको विरोधमा स्थानीय नागरिक, युवा समूह र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू गाउँपालिका कार्यालय अगाडि भेला भई विरोध प्रदर्शन गरेका छन्।

को हुन् पक्राउ परेका युवा?
पक्राउ परेका युवाहरू प्रदीप कुशवाहा र डीके सिंह समुदायमा सक्रिय रूपमा सामाजिक अभियन्ताका रूपमा परिचित छन्। स्थानीय मुद्दा, पारदर्शिता र जनतालाई पर्ने प्रभावका विषयमा स्वर उठाउँदै आएका उनीहरूलाई “बार्ता गर्न बोलाइएको” भन्दै गाउँपालिका कार्यालयमा डाकिएको थियो। तर, बार्ताको नाममा झुक्याएर प्रहरीले नियन्त्रणमा लिएको स्थानीयको आरोप छ।

स्थानीयको आरोप युवा अभियन्तालाई योजनाबद्ध रूपमा नियन्त्रणमा लिइयो,अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि कुठाराघात,स्थानीय जनमुद्दामा आवाज उठाउनेलाई दमन गरिएको प्रदर्शनमा सहभागी स्थानीयहरूले गाउँपालिका अध्यक्षविरुद्ध कडा नाराबाजी गर्दै अध्यक्षको राजीनामाको माग गरेका छन्। उनीहरूले “युवा अभियन्तामाथि गरिएको दमन र अन्यायको जिम्मा अध्यक्षले लिनुपर्छ” भन्दै तत्काल रिहाइ र निष्पक्ष छानबिन माग गरेका छन्।

प्रहरी–स्थानीयबीच संवाद जारी
प्रदर्शन उग्र हुँदै गएपछि प्रहरीले टेन्सन न्युनिकरणका लागि स्थानीय प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ। घटनाबारे स्पष्ट धारणा नआएसम्म स्थानीय विरोध जारी रहने चेतावनी दिएका छन्।

स्थानीयहरू भन्छन्— “जनताको आवाज उठाउनेलाई पक्राउ गरी दमन गर्ने हो भने गाउँपालिका जनताको होइन, सत्ता पक्षको कार्यालय बन्ने खतरा हुन्छ।”घटनाले गाउँमा चर्को राजनीतिक तथा सामाजिक तनाव सिर्जना गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय