spot_img

शिक्षामन्त्री महावीर पुन केशरमहलबाट सिंहदरबार सर्दै

spot_img
spot_img

काठमाडौं,१६ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन सिंहदरबारस्थित मन्त्रालयको मूल कार्यलयमा सर्ने भएका छन्। जेन–जी आन्दोलनका समयमा सुरक्षाका कारण अस्थायी रूपमा केशरमहल सारिएको मन्त्रालय अब पुनः सिंहदरबारबाटै संचालनमा आउने भएको हो।

मन्त्रालयका अधिकांश प्रशासनिक र नीतिगत कामहरू सिंहदरबारबाट गर्ने निर्णयसँगै मन्त्री पुनले पनि आफ्नो कार्यस्थान परिवर्तन गर्न लागेका हुन्। पुनले केशरमहलमा बसाइ शुक्रबारबाट अन्त्य गर्दै सिंहदरबार सर्ने तयारी भएको जानकारी दिए।

“आज केशरमहलमा मन्त्रीका रूपमा अन्तिम दिन हो। अबदेखि सिंहदरबारबाटै काम गर्ने व्यवस्था मिलाइएको छ,” मन्त्री पुनले बताए।

तिहारपछि मन्त्रालयले क्रमशः सिंहदरबारबाट नियमित काम सुरु गरिसकेको छ। यद्यपि भवनमा मर्मत तथा आवश्यक संरचना सुधार जारी भएकाले केही समय दुबै स्थानबाट आंशिक रूपमा सेवा प्रदान गरिने मन्त्रालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय