spot_img

चेन्जिङ रुमबाट पेस्तोल फेला, पाँच जना पक्राउ

spot_img
spot_img

काठमाडौं, १६ कात्तिक । राजधानीको क्षेत्रपाटीस्थित कपडा पसलको चेन्जिङ रुमभित्र पेस्तोल फेला परेपछि पाँच जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रभात मल्लले सञ्चालन गरेको उक्त कपडा पसलमा कपडाले बेरिएको अवस्थामा पेस्तोलजस्तो वस्तु देखिएपछि प्रहरी वृत्त स्वयम्भूले छापा मारेको हो। अनुसन्धानका क्रममा मल्लले सो हतियार एक लाख रुपैयाँमा खरिद गरेको स्वीकारेका छन्।

उनले यो कारोबारमा धादिङका कृष्ण गुरुङ, काठमाडौंका राजन देउला, भारत सीतामणिका अकबर खान र काठमाडौंकै सुमिन शाक्यसँग मिलेर पेस्तोल खरिद–बिक्री गरेको बताएका छन्।

प्रहरीले पक्राउ परेकासँग एक थान पेस्तोल, म्यागजिन र १५ राउण्ड गोली समेत बरामद गरेको छ।
प्रहरीका अनुसार मुख्य अभियुक्त कृष्ण गुरुङ यसअघि प्रहरीबाट पेस्तोल लुट्ने समूहमा संलग्न रहेका थिए भने अन्य तीन जना खरिद–बिक्रीको सञ्जालमा संलग्न थिए।

पक्राउ परेकाहरूमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय