Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

मधेस प्रदेश: विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१६ कातिक । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

हाल सत्ता साझेदार दलबीच मन्त्रालयको भागबन्डाबारे सैद्धान्तिक सहमति जुटिसकेको भए पनि आफ्नो–आफ्नो कोटाबाट मन्त्रीको नाम फाइनल गर्न बाँकी रहेको छ। विश्वासको मत लिनुभन्दा पहिले मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीभित्र विभाजनको असर पर्न सक्ने भएकाले अहिले तीन सदस्यीय सरकारले काम चलाउन लागिएको स्रोतले जानकारी दिएको छ।

सुनिएका अनुसार, मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै दुई जना मन्त्रीलाई शपथ गराएका छन्, तर हालसम्म तिनीहरूको जिम्मेवारी तोकिन सकेको छैन। मधेस प्रदेशका सबै मन्त्रालयको जिम्मेवारी अहिलेसम्म मुख्यमन्त्रीकै काँधमा छ।

सत्ता गठबन्धनमा सात दल सहभागी छन्। तीमध्ये जनता समाजवादी पार्टी (जसपा) नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपा ८, नेकपा एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १–१ सदस्य रहेका छन्।

मन्त्रालयको बाँडफाँड अनुसार जसपा नेपालले ४, जनमत पार्टीले ३, माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादी र लोसपा १–१ मन्त्रालय पाउने सहमति भएको बताइन्छ। जसपा नेपालले रामअशिष यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, मनिष सुमनलाई शिक्षा तथा संस्कृति, र राजु गुप्तालाई स्वास्थ्य मन्त्रालय दिने तयारी गरेको छ। चौथो मन्त्रालयमा रौतहट वा बाराबाट प्रतिनिधित्व गराउने सम्भावना रहेको नेताहरूको भनाइ छ।

माओवादी केन्द्रले नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेको छ भने जनमत पार्टीले बाँकी दुई मन्त्रालय पुरानै अनुहारलाई दिने सम्भावना छ। लोसपा नेपालले पुनः रानी शर्मालाई मन्त्री बनाउने तयारी गरेको छ।

मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने तयारी गरेका छन् र विश्वासको मत प्राप्त भएलगत्तै २३ गते मन्त्रिपरिषद् विस्तार हुने अपेक्षा गरिएको छ। सत्ता गठबन्धनमा ५८ जना सदस्य भएकाले विश्वासको मत लिन चुनौती नहुने देखिन्छ।

विपक्षी दलका रूपमा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सदस्य रहेका छन्। हालको शक्ति सन्तुलन हेर्दा सोनल नेतृत्वको सरकार विश्वासको मतका हिसाबले सुरक्षित देखिएको छ।

ताजा समाचार

थप समाचार