spot_img

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा

spot_img
spot_img

काठमाडौं,१६ कातिक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय (एन्फा) को विशेष टोलीले छापा मारेको छ।

आइतबार नगरपालिकाको कार्यालयमा छापा मारेर केही कागजात नियन्त्रणमा लिइएको छ। अनियमितता भएको भन्ने पटक–पटक गुनासो र उजुरी आएपछि अख्तियारले छापा मार्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।

सूचनाअनुसार, भोटेकोशी जलविद्युत् आयोजनाबाट अस्पताल निर्माणका लागि नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले करिब ५ करोड रुपैयाँ लिएको आरोप छ। रकम धम्क्याएर अस्पतालका लागि लिएको भए पनि त्यसको उचित हिसाब–किताब नदेखिएपछि अख्तियार टोली खटिएको थियो।

प्रारम्भिक अनुसन्धान अनुसार २० लाख रुपैयाँको हिसाब–किताब भेटिएको छ, तर बाँकी करिब ४ करोड ८० लाखको हिसाब फेला परेको छैन। स्रोतका अनुसार, “प्रारम्भिक अनुसन्धानमा २० लाखको हरहिसाब देखिन्छ, बाँकी रकम कहाँ गयो भन्ने कुनै स्पष्ट विवरण छैन।”

अख्तियारले थप अनुसन्धान जारी राखेको छ र नगरपालिकाबाट आवश्यक सबै विवरण माग गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय