Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

मधेस प्रदेशका पूर्वसांसदसहित २...

जनकपुर,०३ मंसिर । मधेस प्रदेशका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीमा हाजिर भएका पूर्वसांसद...

प्रतिनिधि सभा विघटनविरुद्ध एमाले...

काठमाडौं,०३ मंसिर । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै नेकपा एमालेले औपचारिक रूपमा...

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

धान किसानलाई तत्काल राहत दिन कृषक महासङ्घको माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१६ कातिक । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले देशभर भएको बेमौसमी वर्षाले धानबालीमा पुर्‍याएको व्यापक क्षतिको तत्काल राहत र क्षतिपूर्तिको माग गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासङ्घका अध्यक्ष पञ्चकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विगत तीन चार दिनदेखि लगातार भइरहेको बेमौसमी वर्षाले भित्र्याउने बेलाको धानबालीमा ठुलो असर पारेको उल्लेख छ ।किसानले खेतमा सुकाएका तथा काट्न ठिक्क भएका धानहरूमा क्षति पुगेको र धेरै ठाउँमा धान खेतमै ढलेर कुहिने अवस्थामा पुगेको जनाइएको छ ।

तराई तथा मध्य पहाडी इलाकाबाट प्राप्त सूचना अनुसार उत्पादनमा करिब १० देखि १५ प्रतिशतसम्म क्षति हुने अनुमान महासङ्घले गरेको छ ।विज्ञप्तिमा असार–साउनमा पर्याप्त वर्षा नभएपछि रोपाइँ ढिलो भएको र अहिले काट्ने बेलामा आएको भारी वर्षाले धान खेतमै भिजेर व्यापक क्षति पुगेको कुरा पनि उल्लेख छ ।

महासङ्घले प्राकृतिक विपद्‌बाट भएको किसानको उत्पादन क्षतिप्रति दुःख व्यक्त गर्दै वास्तविक तथ्याङ्क सङ्कलन गरी तत्काल राहत तथा क्षतिपूर्तिको लागि जोडदार माग गरेको छ ।दीर्घकालीन समाधानतर्फ, महासङ्घले समयमा पानी नपरी बाली लगाउन नपाउनु, बेमौसमी वर्षाले बाली भित्र्याउन नपाउनु, जलवायु परिवर्तनजन्य प्रकोप, बाढी, पहिरो र डुबान जस्ता बर्सेनि दोहोरिने विपत्तिको यथार्थतालाई ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

यस्ता विपत्तिबाट अर्थतन्त्रको मुख्य क्षेत्र कृषि र किसानहरू बढी प्रभावित हुने अवस्थालाई स्वीकार गर्दै क्षतिलाई न्यूनीकरण गर्न प्राकृतिक प्रकोपबाट जोगिन आवश्यक पूर्वतयारीका योजना बनाउन राज्यले लगानी गर्नुपर्ने र क्षति कम गर्ने उपायहरू अवलम्बन गर्नुपर्ने माग गरिएको छ ।

ताजा समाचार

थप समाचार