spot_img

मुग्लिन नजिकै अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

spot_img
spot_img

चितवन,१७ कातिक । सुक्खा पहिरोका कारण आइतबार रातिदेखि अवरुद्ध भएको पृथ्वीराजमार्ग पुनः सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोला नजिक करिब राति ९ बजे पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा बन्द भएको थियो।

सडक अवरुद्ध भएपछि मुग्लिन हुँदै यात्रा गर्ने सवारी साधन र यात्रुहरू बीचमै अलपत्र परेका थिए। जिल्ला प्रहरी कार्यालय चितवन र सडक विभागको टोलीले रातिदेखि नै पहिरो पन्छाउने काम थालेको थियो।

प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक विभागका मेसिनरी प्रयोग गरी अवरुद्ध माटो र ढुंगामाट्टी हटाइएपछि गए रातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको हो।

उनीका अनुसार अहिले राजमार्गमा सवारी साधनको आवागमन सामान्य बनेको छ। प्रहरीले पहिरो प्रभावित क्षेत्रमा अझै सतर्कता अपनाउन अनुरोध गरेको छ, किनभने सो क्षेत्रलाई पहिरो जोखिमयुक्त मानिन्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय