spot_img

रौतहटमा चोरीको मोटरसाइकल बिक्री प्रयास गर्ने दुई जना पक्राउ

spot_img
spot_img

काठमाडौँ,१७ कात्तिक । रौतहटको फतुवा विजयपुर नगरपालिका–८, विजयपुर चोक नजिकै चोरीको शङ्कास्पद मोटरसाइकल बिक्री गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चन्द्रनिगाहपुर नगरपालिका–८, बेतावना टोलका ३४ वर्षीय रामलाल पासवान र कटहरिया नगरपालिका–५, बलिरामपुर टोलका ४९ वर्षीय परमानन्द महतो (प्रेम महतो) रहेका छन्।

ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादव नेतृत्वको टोलीले आइतबार राति करिब साढे ८ बजेतिर उनीहरूलाई दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, उनीहरू मधेस प्रदेश ०५–००१ प ०३९१ र बीआर ०६ सीएन ८८५२ नम्बरका मोटरसाइकलमा आएका थिए र स्थानीयहरूसँग बिक्रीबारे कुरा गरिरहेका थिए। स्थानीयलाई शङ्का लागेपछि प्रहरीलाई खबर गरिएको थियो।

सूचना पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले विजयपुर चोकबाट करिब १०० मिटर पूर्व रमेश भट्टराईको घर नजिकै दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ। ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरले पक्राउ परेकामाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय