spot_img

कैलालीमा स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय नागरिक पक्राउ

spot_img
spot_img

काठमाडौं,१७ कात्तिक । कैलालीमा स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी पलिया निवासी २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई धनगढी उप-महानगरपालिका–३, मिलनचोकबाट नियन्त्रणमा लिएको हो।प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख तीन सय ५० रुपैयाँ नगद बरामद गरिएको छ।

पक्राउ परेकामध्ये हरचित गुप्ताले चलाएको भारतीय नम्बर प्लेटको कार (यूपी ३१ सीएन ११७५) मा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बरामद रकमको स्रोतबारे दुवै जना मौन रहेका छन्। कार र पक्राउ परेका दुवैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले यो घटनालाई अवैध वित्तीय कारोबार वा पैसाको हिनामिनासँग सम्बन्धित हुन सक्ने भन्दै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय