Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

कक्षा १२ को पूरक...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

२८ लाख नगदसहित दुई भारतीय नागरिक पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कैलाली,१७ कातिक । धनगढीमा शंकास्पद रूपमा ठूलो मात्रामा नगद बोकेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित मिलनचोकमा नियमित चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको कार रोकिएको थियो। प्रहरी नायब निरीक्षक (सई) गजेन्द्रबहादुर चन्दको टोलीले कार रोक्दै तलासी लिँदा उक्त रकम फेला परेको हो।

पक्राउ परेकामध्ये भारत, लखीमपुर खीरीका २९ वर्षीय सागर गुप्ता र २७ वर्षीय हरचित गुप्ता रहेका छन्। उनीहरू सवार कारको दर्ता नम्बर युपी–३१–सीएन–११७५ रहेको प्रहरीले जनाएको छ।

- Advertisement -

विशेष सूचनाका आधारमा निगरानी राखिएको र रकम भेटिएपछि दुवैजनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा स्रोत–प्रमाणबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

ताजा समाचार

थप समाचार