spot_img

महामन्त्रीद्वयको भूमिकामाथि निधिको असन्तुष्टि, ‘पार्टी कब्जा गर्न नदिन्छौं’

spot_img
spot_img

काठमाडौँ,१७ कातिक । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संस्थापन पक्षका विमलेन्द्र निधिले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको इतर पक्षमाथि पार्टीलाई अनिर्णयमा फसाएको आरोप लगाएका छन्। उनले पार्टीभित्र चलिरहेको शक्ति–मोह र ‘नियन्त्रणको खेल’ स्वीकार्य नहुने चेतावनी दिए।

कान्तिपुरसँगको कुराकानीमा निधिले दुबै महामन्त्रीले पार्टीलाई विवादमा तान्दै नेतृत्व हस्तान्तरणका नाममा भ्रम सिर्जना गरिरहेको दाबी गरे। सभापति शेरबहादुर देउवाले सक्रिय राजनीति नछाडेको प्रतिक्रिया दिँदै उनले भने — “महामन्त्री पक्षधरलाई पार्टी कब्जा गर्ने खेल अघि बढ्न दिँदैनौं।”

असोज २८ गतेदेखि चलिरहेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन–पहिले कि निर्वाचन–पहिले भन्ने बहसमै थिलथिलो छ।महामन्त्री थापा–शर्मासहित इतर पक्षको भनाइ  पहिले पार्टीको नीति र नेतृत्व सुधार, त्यसपछि मात्र निर्वाचन।तर संस्थापन पक्षको बुझाइ अहिले महाधिवेशनमा उत्रिए पार्टी निर्वाचन तयारीछुट्छ, त्यसैले पहिलो प्राथमिकता निर्वाचन हो।

निधिलगायत संस्थापन समूह भने वैशाखमा महाधिवेशन गर्ने प्रस्तावमा छन्। निधिका अनुसार अहिलेको प्रमुख लक्ष्य संविधान र राजनीतिक स्थिरतालाई सही दिशामा लैजानु हो, जुन प्रतिनिधिसभा निर्वाचनबाट मात्र सम्भव छ। “घरमा रोटी पकाउँदा तावा छाडेर अर्कैमा ध्यान दिएकोजस्तै, महाधिवेशनमा अल्झिए निर्वाचन डढ्छ,” उनले उपमा दिए।

महामन्त्रीहरूको मागलाई उनले अपरिपक्व र अदूरदर्शी ठहर गर्दै, यस्तो निर्णयले पार्टी मात्र होइन, देशकै भविष्यमा नकारात्मक असर पर्ने चेतावनी दिए।उनको भनाइमा, “जनताको मुद्दा छाडेर आन्तरिक शक्ति–प्रतिस्पर्धामा रमाउने समय यो होइन। निर्वाचनमा भाग लिन नचाहनेहरूकै दाबी सत्य ठहरिने जोखिम छ, त्यसैले भ्रम फैलाउने खेल रोक्नुपर्छ।”

कांग्रेसभित्र दुवै पक्ष अडान छोड्न तयार नसक्दा बैठक निष्कर्षविहीन बनेको छ। अब पार्टीले विवाद चिर्न कुन मार्ग अपनाउँछ  सबैको नजर त्यतै केन्द्रित छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय