spot_img

चार वर्षमा बर्दियामा ६ पाटे बाघको मृत्यु

spot_img
spot_img

बर्दिया,१७ कातिक । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला चार वर्षको अवधिमा प्राकृतिक कारणले ६ पाटे बाघको मृत्यु भएको छ। मृतक बाघमध्ये ३ भाले, २ पोथी र १ डमरु (बच्चा) रहेको निकुञ्जका सूचना अधिकारी तथा वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए।

निकुञ्जका अनुसार करिब डेढ दशकदेखि बर्दियामा बाघ र गैँडा चोरी–सिकारमा नपरेको उल्लेखनीय सफलता छ। वन्यजन्तु सुरक्षामैत्री वातावरण, गस्ती र निगरानी प्रभावकारी बन्दै जाँदा यस क्षेत्रमा बाघ संरक्षणको परिणाम सकारात्मक देखिएको छ।

सन् २०२२ मा गरिएको गणनाअनुसार बर्दियामा १२५ वटा बाघ फेला परेका थिए। यस वर्ष पुस ७ गतेदेखि पुनः बाघ गणना सुरु हुँदैछ। पौडेलका अनुसार नयाँ गणनामा बर्दियामा बाघको संख्या अझै बढेको पुष्टि हुने अपेक्षा छ।

बर्दिया हाल बाघ नजिकबाट हेर्न सकिने प्रमुख गन्तव्यको रूपमा चर्चित छ। हरेक वर्ष देश–विदेशका पर्यटक निकुञ्जमा बाघ अवलोकन गर्न आउने क्रम बढ्दो छ। निकुञ्जले पुसमा बाघ र चैतमा गैँडा गणना गर्ने तयारी गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय