Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर...

काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल...

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...

वीर अस्पतालमा अब श्वासप्रश्वासका...

काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ।...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

जलिरहेको कार र एउटा चप्पलबाट खुल्यो सरोज हत्याको रहस्य

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१७ कातिक । झापाका ३३ वर्षीय सरोज शर्माको अपहरण र हत्यामा उनलाई ‘भाइ’ मान्ने नजिकका साथी नै संलग्न रहेको तथ्य बाहिर आएको छ। विलासी जीवनशैली भएका सरोजलाई लोभ देखाउँदै फिरौती असुल गर्ने योजनासहित अपहरण गरिएपछि कात्तिक ९ गते उनको हत्या भएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।

यस घटनाको सुराग भने जलिरहेको कारसँगै भेटिएको एक जोडी चप्पलले खोलिदियो। प्रहरीको अनुसार, यही चप्पलको आधार पछ्याउँदै जाँदा हत्या योजना र संलग्न व्यक्तिहरू समातिन पुगे।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार, सरोजका साथीसँगै घनिष्ठ सम्बन्ध रहेको शिवसताक्षी–१० का २७ वर्षीय सुनिल शाह र २३ वर्षीय राहुल शाह पक्राउ परेका छन्। एक जना अझै फरार रहेको र भारततर्फ भाग्ने क्रममा एक जनालाई जोगबनी नाकाबाट पक्राउ गरिएको उनले बताए।कात्तिक १३ गते राति, मेचीनगर–१३ को निचाझोडा सिमसार नजिक बा.प्र. ०१–३० च ७१९४ नम्बरको कार जलेको अवस्थामा भेटिएपछि प्रहरी सक्रिय भयो।त्यही कार नजिकै भेटिएको चप्पल र मास्क नै केस सुतेको धागो बन्यो।

- Advertisement -

जाँचका क्रममा चप्पल सुनिल शाहकै भएको पुष्टि भयो। अनुसन्धान अधिकारीका अनुसार, सरोजले हराएकै दिन परिवारलाई “फोन नलागे सुनिलको ह्वाट्सएपमा सम्पर्क गर्न” भनेका थिए।यसपछि शंका बलियो बन्दै गएको र कात्तिक १४ मा सुनिल पक्राउ परे।

पक्राउ परेका अभियुक्तहरूको बयानपछि प्रहरीले सरोजको शव झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्गअन्तर्गत पुलमुनि गाडिएको अवस्थामा फेला पारे।डीआईजी कार्कीका अनुसार, “भारततर्फ लैजाने, बाढी आएपछि शव बगाएर सीमा पार जाओस् भन्ने सोच पनि हुनसक्छ।”

प्रहरीका अनुसार, सरोजलाई पहिला सस्तोमा सुन बेच्ने बहानामा जालमा पारे।सरोजले उनीहरूलाई पहिलेदेखि पैसा सहयोग गर्दैरहेकाले यिनै साथीहरूले अपहरण गरी पैसा असुल गर्ने योजना बनाएको खुलेको छ।

दसैंमा घर फर्कंदै गर्दा सरोजले ७५ लाख रुपैयाँ लिएर आएको र थप रकम उधारोमा जोडेर सुन किन्ने योजना रहेको पाइएको छ।तर, सुन बेच्ने दाबी गरेका सुनिल–राहुलसँग सुन थिएन  बरु सामुदायिक वनमा सुन लुकाएको अभिनय गर्न पहिलेबाट खाडल खनेर वस्तु मात्र पुरिएको खुलेको छ।

योजना अनुसार सरोजलाई जंगलमा लगेर बेहोस बनाइ भारत लैजाई फिरौती माग्ने योजना थियो।तर, होसमा आएपछि सरोज कराउन र प्रतिकार गर्न थाल्दा उनीहरूले योजना बदल्दै हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।पक्राउ परेकामाथि अपहरण, घरभित्र प्रवेश, शरीर बन्धक, आपराधिक उपद्रव र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको छ।

ताजा समाचार

थप समाचार