spot_img

‘टीओबी’ समूहका लिडर तेन्जिङको डेराबाट गाँजा बरामद, किर्ते र लागुऔषध मुद्दा दर्ताको तयारी

spot_img
spot_img

काठमाडौँ,१७ कातिक । जेन–जेड आन्दोलनको समयमा ‘टीओबी’ लेखिएको टी–शर्ट लगाएर आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका तेन्जिङ दावा लामाको डेरामा खानतलासी गर्दा प्रहरीले गाँजा फेला पारेको छ। प्रारम्भिक रूपमा अभद्र व्यवहार मुद्दामा थुनामा रहेका उनलाई अब लागुऔषध र किर्ते अभियोगमा समेत मुद्दा दर्ता गर्ने तयारी गरिएको छ।

तेन्जिङलाई असोज २६ गते पक्राउ गरी अभद्र व्यवहार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको थियो। तर, अनुसन्धान अन्तिम चरणमा पुगेसँगै मुद्दा रूपान्तरण गरेर लागुऔषध र किर्ते सम्बन्धी कसुर थपिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।

तेन्जिङको नागरिकता र जन्मदर्ता दुवै कागजमा गम्भीर शंका उत्पन्न भएको छ।उनले २०७९ असार २४ मा लिएको भनिएको नागरिकताको अभिलेख जिल्ला प्रशासन कार्यालय काठमाडौँमा फेला परेको छैन।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, जेन–जेड आन्दोलनका क्रममा प्रशासन कार्यालयमा आगजनी हुँदा केही अभिलेख जलेका कारण विवरण नभेटिएको दाबी गरिएको छ।यता, जन्मदर्तासम्बन्धी अभिलेखले पनि प्रश्न उठाएको छ।

उनले काठमाडौँ–६ बौद्धमा २०६३ चैत १० मा जन्मदर्ता गराएको विवरण सार्वजनिक छ, तर सो दिन शनिबार परेको तथा त्यतिबेला वडामा जन्मदर्ता प्रक्रिया सुरु नै नभएको वडाध्यक्ष भुवन लामाले बताएका छन्।

तेन्जिङले वडाबाट नागरिकता सिफारिस लिएको रेकर्ड पनि नभेटिएको लामाले जानकारी दिए।प्रहरीले अब किर्ते कागज तयार पारेको आशङ्कामा थप अनुसन्धान अघि बढाएको छ। एसपी भट्टराईका अनुसार, “किर्ते कसुरमा अनुसन्धान पूरा भएपछि वास्तविकता खुलेर आउनेछ।”

टीओबी बाइकर्स समूह, नक्कली पेस्तोल र भिडियो फुटेज तेन्जिङ नेतृत्वको टीओबी (Tibetan Original Blood) बाइकर्स समूह भदौ २३ र २४ मा काठमाडौंको आन्दोलनमा सक्रिय देखिएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय