spot_img

सीके राउतको रिटमा आज सुनुवाइ

spot_img
spot_img

काठमाडौँ,१७ कातिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दल विभाजन रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो।

यसअघि, न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै यथास्थिति कायम राख्ने आदेश जारी गरेको थियो। सो आदेशमार्फत दल विभाजनसँग सम्बन्धित हालसम्मका निर्णय स्थगित गरिएको छ। अदालतले छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो।

दुवै पक्षको बहसपछि सर्वोच्च अदालतले— जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा निर्णय गर्नेछ।यदि अन्तरिम आदेश कायम रह्यो भने दल विभाजनको प्रक्रिया केही समयका लागि रोकिनेछ, नसकेमा नयाँ दल दर्ता प्रक्रियामा मार्ग खुल्न सक्छ।

डा. राउतले रिटमार्फत जनमत पार्टी विभाजन रोक्न र निर्वाचन आयोगमा दर्ता प्रक्रियालाई अन्तरिम आदेशमार्फत रोक्न माग गरेका छन्।जनमत पार्टी विभाजन भई एउटा समूहले नयाँ दल दर्ता गर्न निवेदन दिएपछि राउत अदालत गएको हो।

उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २०% केन्द्रीय कार्यकारिणी सदस्यले पार्टी फुटाएको दाबी गर्दै नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका थिए।

राउत नेतृत्वको जनमत पार्टी मधेसका महत्वपूर्ण राजनीतिक शक्ति मानिन्छ, जसमा पछिल्लो समय आन्तरिक असन्तुष्टि र विभाजनको संकेत देखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय