Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

सीके राउतको रिटमा आज सुनुवाइ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१७ कातिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दल विभाजन रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो।

यसअघि, न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै यथास्थिति कायम राख्ने आदेश जारी गरेको थियो। सो आदेशमार्फत दल विभाजनसँग सम्बन्धित हालसम्मका निर्णय स्थगित गरिएको छ। अदालतले छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो।

दुवै पक्षको बहसपछि सर्वोच्च अदालतले— जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा निर्णय गर्नेछ।यदि अन्तरिम आदेश कायम रह्यो भने दल विभाजनको प्रक्रिया केही समयका लागि रोकिनेछ, नसकेमा नयाँ दल दर्ता प्रक्रियामा मार्ग खुल्न सक्छ।

डा. राउतले रिटमार्फत जनमत पार्टी विभाजन रोक्न र निर्वाचन आयोगमा दर्ता प्रक्रियालाई अन्तरिम आदेशमार्फत रोक्न माग गरेका छन्।जनमत पार्टी विभाजन भई एउटा समूहले नयाँ दल दर्ता गर्न निवेदन दिएपछि राउत अदालत गएको हो।

उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २०% केन्द्रीय कार्यकारिणी सदस्यले पार्टी फुटाएको दाबी गर्दै नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका थिए।

राउत नेतृत्वको जनमत पार्टी मधेसका महत्वपूर्ण राजनीतिक शक्ति मानिन्छ, जसमा पछिल्लो समय आन्तरिक असन्तुष्टि र विभाजनको संकेत देखिएको छ।

ताजा समाचार

थप समाचार