Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

“सुकुम्बासी हटाउने होइन, बसोबासकै ठाउँमा पक्की घर बनाइदिनुपर्छ ” : प्रभु साह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१७ कातिक । काठमाडौं महानगरपालिकाले सरकारी जग्गा खाली गर्न सात दिनको अल्टिमेटम जारी गर्दै आवश्यक परे डोजर प्रयोग गर्ने चेतावनी दिएपछि आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह सुकुम्बासीहरूको पक्षमा खुलेर उभिएका छन्।

आजपा निकट आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले सोमबार कोटेश्वरमा आयोजना गरेको पूर्वतयारी तथा खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै साहले सुकुम्बासी समस्या समाधानको उपाय उजाडन होइन, व्यवस्थित आवास निर्माण भएको बताए।

“सुकुम्बासीलाई हटाउने होइन, उनीहरू बसिरहेको ठाउँमै पक्की घर बनाएर सरकारले उपलब्ध गराउनुपर्छ,” साहले भने, “संविधानले सबै नेपालीलाई बसोबास, भोजन र रोजगारीको अधिकार दिएको छ। त्यसविपरीत गरिने कुनै पनि डोजर आतंक स्वीकार्य हुँदैन।”

“गरिब हटाउने होइन, गरिबी हटाउने सोच आवश्यक”साहले मेयर बालेन शाहलाई प्रत्यक्ष कटाक्ष गर्दै भने,
“गरिब हटाउने होइन, गरिबी हटाउने सद्‌बुद्धि मेयर बालेनलाई आओस्। सुकुम्बासीलाई आतंकित बनाउने काम तत्काल रोक्नुपर्छ।”

उनका अनुसार, संविधानले प्रत्येक नागरिकलाई आवास र जग्गाको हक सुनिश्चित गरेको छ। “ललिता निवासजस्ता सरकारी जग्गा भूमाफियाले कब्जा गर्न सक्छन्, तर गरिब सुकुम्बासीलाई पक्की घर दिन किन नसकिने?” उनले प्रश्न गरे। मौलापुर नगरपालिकामा मेयर रिना साहले दलित समुदायलाई पक्की घर बनाएर दिएको उदाहरण पनि उनले प्रस्तुत गरे।

साहले पूर्वप्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई भूमि आयोग खारेज गरेर समस्या थपिएको आरोप पनि लगाए। उनका अनुसार, आयोगलाई सशक्त बनाइ समाधानतर्फ जाने अवस्थामा उल्टै “तमासा” गरिएको थियो।

ताजा समाचार

थप समाचार