spot_img

कुलमान घिसिङ नेतृत्वमा नयाँ दल दर्ता तयारी, बालेन, सुमना र सुदनको साथ

spot_img
spot_img

काठमाडाैं,१७ कातिक । नेपालका ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व कुलमान घिसिङको नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता हुने तयारीमा छ। यसमा काठमाडौं महानगरका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी सुमना श्रेष्ठ र जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङसहितको समूहले घिसिङलाई अध्यक्ष बनाएर निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको स्रोतले जनाएको छ।

नयाँ दल र चुनाव तयारी नयाँ दललाई अध्यक्ष प्रणालीमा सञ्चालन गर्ने योजना छ र १५१ सदस्यीय केन्द्रीय समिति गठन हुने बताइएको छ। हाल सहरी विकास मन्त्री समेत रहेका घिसिङलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्तुत गर्दै आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने समझदारी बनेको छ। दलको नाम र चुनाव चिन्ह अहिले गोप्य राखिएको छ।

बालेनको भूमिका र रणनीति मेयर बालेन स्वयं प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने र मेयरकै भूमिका रहनेमा सहमत छन्। उनी प्रतिनिधित्वका लागि आफ्ना प्रतिनिधि सागर ढकाल पठाउँदै आएका छन्। स्रोतका अनुसार नयाँ दललाई ‘जेन–जीको पार्टी’ का रूपमा ब्रान्डिङ गर्ने रणनीति छ।

छलफल र अनिश्चितता नयाँ दल दर्ताका लागि सोमबार बिहान निर्वाचन आयोगमा निवेदन दिने तयारी भएको छ। तर, शुक्रवारसम्म छलफलमा सक्रिय रहेका घिसिङ शनिवार दिउँसो अनुपस्थित रहेकाले अन्य पक्ष सशङ्कित बनेका छन्।

घिसिङको अनुपस्थितिका कारण सुमना, सुदन र बालेन टिमले विशाल नगरमा छलफल गर्दै अगाडि बढ्ने वा थप समय पर्खिने निर्णय गर्ने तयारी गरेका छन्। सहभागी एक युवा सदस्यले भने, “हामी तीन पक्ष पूर्ण तयारीमा छौँ, तर घिसिङको ठोस निर्णय नआएसम्म आयोगमा जाने निर्णय पर्खिरहेका छौँ।”

पृष्ठभूमि र राजनीतिक असर  घिसिङ लामो समयदेखि दल दर्ताको तयारीमा थिए। जेन–जी आन्दोलनपछि बालेन, सुदन लगायतका समूहसँग छलफल अघि बढाएका हुन्। वैकल्पिक समूहसँग कुरा नमिलेपछि अन्ततः घिसिङ अध्यक्ष र सुमना सह–अध्यक्ष बनाएर अगाडि बढ्ने निर्णय भएको हो।

जेन–जी आन्दोलनपछि सरकार गठनमा भूमिका खेलेका सुदन र अन्तरिम सरकारमा मन्त्री रहेकाले नयाँ दललाई युवा–केन्द्रित वैकल्पिक शक्तिको रूपमा हेरिएको छ। तथापि, अन्तिम क्षणको अनिश्चितता र घिसिङको व्यस्तता कारण दर्ता प्रक्रियामा स्पष्टता नआएको स्रोतले बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय