spot_img

नेकपा एमाले फर्कने तयारीमा किसान श्रेष्ठ

spot_img
spot_img

बीरगन्ज,१७ कातिक । नेकपा (एकीकृत समाजवादी) का निवर्तमान सांसद तथा प्रमुख नेता किसान श्रेष्ठ एमालेमा फर्किने तयारीमा छन्। उनले एमाले नेतृत्वसँग छलफल जारी रहेको र सोमबारसम्म निष्कर्ष आउने विश्वास व्यक्त गरेका छन्।

श्रेष्ठले माओवादी केन्द्रसँगको एकीकरण प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन्। यसबाहेक, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल नेतृत्वको पुनःगठन अभियानमा पनि उनी सहभागी हुने छैनन्।

“हाम्रो घर एमाले हो, अब अल्झेर बस्दैनौँ। बिचमा अड्किएर बस्ने समय सकियो, हामी एमालेमै फर्कन्छौँ,” श्रेष्ठले भने।

साथमा जाने नेताहरू र कार्यकर्ता श्रेष्ठले ठूलो पङ्क्ति आफूसँगै एमाले फर्कने दाबी गरेका छन्। यसमा केन्द्रीय स्थायी कमिटी सदस्य रामकुमार झाँक्री, निवर्तमान सांसद अमरबहादुर थापा, डा. वंशीधर मिश्र, होम बुढाथोकी, पीताम्बर तिम्सिना, अर्जुन राई लगायतका नेता तयार रहेको स्रोतले जनाएको छ। प्रदेश, जिल्ला र तल्लो तहका हजारौँ कार्यकर्ता र मतदाता पनि एमाले फर्कने मुडमा छन्।

“केन्द्रीय एकताभन्दा हाम्रो पक्षमा ठूलो समर्थन छ,” श्रेष्ठले बताए। उनले पदको लागि दौडधुपमा नरहेको र मीठो व्यवहार, इज्जत र क्षमता अनुसारको भूमिका पाउनु पर्याप्त भएको बताए।

गत शुक्रबार, एकीकृत समाजवादीले माओवादी केन्द्रसहित समाजवादी मोर्चा र अन्य दलसँग एकीकरण गर्ने निर्णय गरेको थियो। आइतबार ८ दलबिच सहमति भइसकेको छ र कात्तिक २० मा नयाँ पार्टीको केन्द्रीय समिति बैठक बस्ने तयारी छ। तर, किसान श्रेष्ठ समूहले यस प्रक्रियाबाट अलग हुने संकेत दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय