Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

जसपाका दुई नेताले दिए...

काठमाडौँ,२३ कात्तिक । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका दुई जना नेताले...

राष्ट्रिय सभा बैठकका लागि...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदैछ ।...

डेडिकेटेड लाइन’ विवाद :...

काठमाडौं,२३ कात्तिक । ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको...

काठमाडौंको खुला ठाउँमा फोहोर...

काठमाडौँ,२३ कात्तिक । काठमाडौं महानगरपालिकाले बढ्दो वायु प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ महानगरभित्र...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

आन्दोलनका घाइते र मृतक परिवारलाई अर्थ मन्त्रालयले गरे १२ करोड ८० लाख निकासा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, १७ कात्तिक । २३ र २४ भदौको आन्दोलनका क्रममा घाइते भएका नागरिक र मृतकका परिवारलाई अर्थ मन्त्रालयले अहिलेसम्म कुल १२ करोड ८० लाख रुपैयाँ राहत रकम निकासा गरेको छ।

मन्त्रालयका अनुसार घाइते २ हजार ४२९ जनालाई प्रतिव्यक्ति २० हजार रुपैयाँ रकम उपलब्ध गराइएको छ, जसको कुल रकम ४ करोड ८५ लाख ८० हजार रुपैयाँ हुन्छ। मृतकका परिवारका लागि प्रतिपरिवार १५ लाख रुपैयाँ दरले सहायता, काजकिरिया, खाना र यातायात खर्च प्रदान गरिएको छ। अहिलेसम्म ५३ परिवारले यस राहत प्राप्त गरेका छन्, जसको कुल रकम ७ करोड ९५ लाख रुपैयाँ पुग्छ।

त्यस्तै, आन्दोलनका क्रममा सुरक्षाकर्मीका सवारी साधनमा भएको क्षति पूर्ति गर्न ठूलो बजेट पनि छुट्याइएको छ। नेपाल प्रहरीले १०६ सवारी साधन (१०० पिकअप र ६ कैदी वाहन) खरिदका लागि ४५ करोड ३० लाख रुपैयाँ थप बजेट पाएको छ। सशस्त्र प्रहरी बल नेपालले ५० भन्दा बढी सवारी साधन (२० पिकअप, २० दंगा नियन्त्रक वाहक, २ एम्बुलेन्स, ३ डिजास्टर रेस्क्यू भ्यान र ५ ट्रक) खरिदका लागि २३ करोड ५ लाख रुपैयाँ प्राप्त गरेको छ।

- Advertisement -

अर्थ मन्त्रालयले यसमार्फत आन्दोलनमा प्रभावित नागरिक र सुरक्षाकर्मीको राहत सुनिश्चित गरेको जनाएको छ।

ताजा समाचार

थप समाचार