spot_img

मधेशका मुख्यमन्त्री सोनालले उद्योगको विद्युत् लाइन जोड्न प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराए

spot_img
spot_img

जनकपुर,१७ कातिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले प्रदेशका उद्योगहरूको विद्युत् लाइन अविलम्ब जोड्न प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्।

आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा मुख्यमन्त्री सोनालले उद्योगहरूको लाइन काटिँदा हजारौँ युवा बेरोजगार हुने अवस्था सिर्जना भएको भन्दै समस्याको तत्काल समाधान माग गरेका थिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “डेडिकेटेड लाइनको नाममा लाइन काटेर विभिन्न उद्योग बन्द गरिएको छ, यसबारे हाम्रो गहिरो चासो छ।”

सोनालका अनुसार बैठकमा अर्थमन्त्रीले संघीय सरकारले प्रदेशलाई दिने अनुदान कटौती नगरेको स्पष्ट पारेका छन् र प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्नु पर्ने कुरा पनि प्रधानमन्त्रीले बताए।

मन्त्रिपरिषद् र उद्योग प्रतिनिधिहरूबीचको यो छलफलले प्रदेशका उद्योगहरूको स्थायीत्व र युवा रोजगार सुरक्षामा ध्यान केन्द्रित गरिएको बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय