काठमाडाैं,१७ कातिक । भाद्र २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र झडपका घटनाको अनुसन्धान भइरहेको बेला प्रहरी प्रधान कार्यालयले फिल्डमा खटिएका प्रहरी इन्चार्जहरूलाई काठमाडौं उपत्यका नछोड्न निर्देशन दिएको छ।
कार्तिक १६ गते प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पठाएको पत्रमा उल्लेख छ कि आन्दोलनका बढी प्रभावित क्षेत्रमा खटिएका इन्चार्जहरूलाई अनुसन्धान आयोगले आवश्यक परेको बेला सोधपुछका लागि बोलाउन सक्ने भएकाले उनीहरूलाई हालका लागि उपत्यका बाहिर जान नदिने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
अहिले आयोगले झडप, प्रहरीले प्रयोग गरेको बल र त्यसबाट भएका क्षति सम्बन्धी प्रत्यक्ष प्रमाण सङ्कलन तथा आवश्यक विवरण सङ्ग्रह गर्ने कार्यलाई तीव्र बनाएको छ।




