spot_img

प्रधानमन्त्री कार्कीले सचिवहरूलाई जेन-जी विद्रोहको भावनाअनुसार काम गर्न निर्देशन

spot_img
spot_img

काठमाडौँ,१७ कातिक । प्रधानमन्त्री सुशीला कार्कीले जेन(जी विद्रोहका घटनाहरूको मर्म र भावनाअनुसार काम गर्न सचिवहरूलाई निर्देशन दिएकी छन्। उनले सबै मन्त्रालयहरूले नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी ब्लुप्रिन्ट तयार पार्नुपर्ने स्पष्ट पारिन्।

मुख्यसचिवसहित सचिवहरूसँगको बैठकमा मन्त्रालयका कामकारबाहीको विषयगत प्रस्तुति पनि भएको थियो। प्रधानमन्त्रीले सचिवहरूलाई सरुवा–बढुवा प्रणाली पारदर्शी बनाउने, सार्वजनिक खर्चमा मितव्ययी बन्ने, र अर्थ मन्त्रालयको परिपत्र कडाइका साथ पालन गर्ने निर्देशन दिएकी छन्।

उनले निजी क्षेत्र, निजामती कर्मचारी र सुरक्षाकर्मीको मनोबल बढाउने कार्यमा समेत ध्यान दिन सुझाएकी छन्। साथै, आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको क्षति नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुननिर्माण नीति र कार्ययोजना बनाउन सचिवहरूलाई निर्देशन दिइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय