spot_img

माओवादीको मधेश संसदीय दलको नेतामा साह पुनः नियुक्त

spot_img
spot_img

जनकपुर,१७ कातिक । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सभाको संसदीय दलको नेतामा भरत प्रसाद साहलाई पुनः जिम्मेवारी दिएको छ।

पार्टी संयोजक तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साहलाई संसदीय दलको नेतामा पुनर्स्थापित गर्ने निर्णय गरेका हुन्। यसअघि पूर्व अर्थ तथा गृह मन्त्रीको जिम्मेवारी सम्हालेका साहलाई पार्टीले पुनः महत्त्वपूर्ण भूमिकामा फर्काएको हो।

प्रचण्डले मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई पत्रमार्फत साहको पुनर्स्थापनाको जानकारी गराएका छन्। यो निर्णयसँगै अब माओवादी केन्द्रको संसदीय नेतृत्व मधेश प्रदेश सभामा साहले सम्हाल्ने निश्चित भएको छ।

विशेषत: मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला यो नेतृत्व फेरबदललाई राजनीतिक रूपमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय