spot_img

आजपा बाढीपीडित र किसानको राहतको माग गर्दै ज्ञापनपत्र बुझायो

spot_img
spot_img

रौतहट,१७ कातिक । आम जनता पार्टी (आजपा) ले बाढीपीडित किसान र सर्वसाधारणलाई तत्काल राहत तथा मुअब्जा उपलब्ध गराउन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारसँग माग गरेको छ।

आजपा रौतहट क्षेत्र नं. १ का क्षेत्रीय कमिटीले सोमबार रौतहट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझाउने क्रममा सहायक प्रमुख जिल्ला अधिकारी किरणनीति तिवारीलाई चेतावनी दिइयो कि माग सम्बोधन नभए आन्दोलनमा उत्रिने योजना रहेको छ।

आजपा निकट आम उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष साजन जयसवालको नेतृत्वमा पुगेको टोलीले तत्काल खाद्यान्न, लत्ताकपडा र स्वास्थ्य सामग्री वितरण, क्षति पुगेका किसानको उचित मुल्यांकन र मुअब्जा, प्रभावित क्षेत्रमा कृषि ऋण स्थगन तथा ब्याज माफी, र राहत वितरणमा पारदर्शिता सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

आजपाले यसअघि “बाढीपीडित राहत र किसान मुअब्जा पदयात्रा” कार्यक्रम सञ्चालन गर्दै बाढीपीडितको पीडा र किसानको समस्या सार्वजनिक गरेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय