spot_img

गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

spot_img
spot_img

काठमाडौं,१७ कातिक । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन्।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले राष्ट्रपति पौडेलको निवासमा तोडफोड र आगजनी गरेका थिए। मन्त्री अर्यालले राष्ट्रपति परिवारसँग परामर्श गर्दै क्षतिग्रस्त घरको मर्मतसम्भार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

निरीक्षण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल लगायतका उच्च अधिकारीहरू उपस्थित थिए।

साथै, मन्त्री अर्यालले बालाजु प्रहरी वृत्तको निरीक्षण पनि गरेका छन्। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त उक्त प्रहरी वृत्तको पुनर्निर्माण स्थानीयको सहकार्यमा सुरु भइसकेको छ। तर, प्रहरी प्रमुखले वृत्त रहेको जग्गा स्वामित्वमा नभएको विषय गृहमन्त्रीलाई जानकारी गराएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय