spot_img

बीरगन्ज महानगरमा ई–रिक्सा र अटो दर्ता अनिवार्य मंसिर ७ गतेसम्म आवेदन दिनुपर्ने

spot_img
spot_img

बीरगन्ज , १७ कात्तिक । बीरगन्ज महानगरपालिकाले ई–रिक्सा, अटो रिक्सा र अन्य तीन पाङ्ग्रे भाडाका सवारी साधन अनिवार्य दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ। सवारीधनीहरूले मंसिर ७ गतेभित्र कार्यालयमा रितपूर्वक निवेदन दिनुपर्ने महानगरपालिकाको आग्रह छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णका अनुसार, दर्ता प्रक्रिया ‘ई–रिक्सा, अटो रिक्सा तथा तीन पाङ्ग्रे भाडाका सवारी साधन दर्ता सम्बन्धी कार्यविधि, २०७६’ अनुसार अघि बढाइनेछ। दर्ता नगरेका सवारी साधनलाई रुट इजाजत नदिइने र महानगर क्षेत्रमा सञ्चालन अनुमति नदिने निर्णय भएको छ।

सवारी दर्ताका लागि निवेदन फारम, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ब्लुबुक, चालक अनुमतिपत्र, पाँच प्रति फोटो र सवारी जाँचपासको प्रतिलिपि आवश्यक पर्ने बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय