spot_img

अदालतको आदेश अटेरी, महागढीमाई नगरपालिकाद्वारा घर भत्काइयो

spot_img
spot_img

बीरगन्ज,१७ कातिक । उच्च अदालत जनकपुरको अस्थायी इजलासले महागढीमाई नगरपालिका–२, इनर्वामा बसोबास गर्ने रामएकवाल प्रसादको घर र जग्गामा कुनै तोडफोड नगर्न अन्तरिम आदेश जारी गरेको भए पनि नगरपालिकाले आइतबार घर भत्काएको आरोप लागेको छ।

पीडित परिवारका अनुसार मेयर उपेन्द्र यादवको निर्देशनमा नगर प्रहरी र डोजर प्रयोग गरी घर भत्काइए, जसबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ। रामएकवालका छोरा सिकन्द्र प्रसाद पटेलले अदालतको पत्र देखाए पनि नगर प्रहरीले आदेशको बेवास्ता गरेको बताएका छन्।

पीडितले सम्बन्धित निकायसँग क्षतिपूर्ति उपलब्ध गराइदिन माग गरेका छन्। महागढीमाई नगरपालिकाको आधिकारिक प्रतिक्रिया अझै प्राप्त हुन सकेको छैन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय