काठमाडौं,१७ कातिक । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको छ।
गत भदौ २३ र २४ गते राष्ट्रहित, सुशासन र भ्रष्टाचारविरुद्धको मागसहित गरिएको जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा भएका घटनामा ४५ जनाको मृत्यु भएको थियो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले उक्त ४५ जनालाई राज्यले शहीद मान्यता दिने निर्णय भएको बताए।

उनका अनुसार, गृह मन्त्रालय अन्तर्गतको समिति, सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त प्रतिवेदनका आधारमा शहीद घोषणा गरिएको हो।
“हालका लागि ४५ जनालाई शहीद घोषणा गरिएको छ, अन्यबारे थप अध्ययन हुने छैन,” मन्त्री खरेलले भने।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद् निर्णय अनुसार शहीदको नाम राजपत्रमा प्रकाशित गरिने जानकारी दिए।




