spot_img

“राजीनामा दिने कुरा भ्रममात्र हो” – ऊर्जामन्त्री कुलमान घिसिङ

spot_img
spot_img

काठमाडौं,१७ कातिक । ऊर्जामन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिन लागेको बारेमा फैलिएका समाचारहरू असत्य रहेको स्पष्ट पारेका छन्।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले राजीनामाको हल्लामा कुनै सत्यता नभएको उल्लेख गरेका छन्।

“पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन,” घिसिङले लेखेका छन्, “जेन-जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको यो सरकारले जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता राखेको छ। तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, आन्दोलनले दिएको जनादेश र विश्वास पूर्ण रूपमा कार्यान्वयन गर्न म सक्रिय छु।”

हाल घिसिङसँग ऊर्जा, जलस्रोत तथा सिंचाइसहित तीन मन्त्रालयको जिम्मेवारी रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय