spot_img

माओवादी केन्द्रको बैठक आज : नौ दलीय एकता सहमति अनुमोदनको तयारी

spot_img
spot_img

काठमाडौं, १८ कात्तिक । नेकपा (माओवादी केन्द्र) ले नौ दलीय एकता सहमति अनुमोदन गर्न आज केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्ने माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिए।

गजुरेलका अनुसार बैठकको मुख्य एजेन्डा नेकपा (एकीकृत समाजवादी) लगायत नौ दलीय एकता सहमतिलाई औपचारिक रूपमा स्वीकृति दिने हो। यसअघि बसेको सचिवालय बैठकले पनि यही विषयलाई प्राथमिकता दिँदै आवश्यक तयारीका निर्णय गरेको थियो।

“आजको बैठकले नौ दलीय एकता सहमति अनुमोदन गर्नेछ र सचिवालय बैठकले पारित गरेका प्रस्तावहरूलाई अन्तिम रूप दिनेछ,” गजुरेलले भने। उनका अनुसार, आजको बैठकमा नेताहरूलाई लामो छलफलका लागि बोल्ने समय दिइएको छैन, किनभने एजेन्डा स्पष्ट र औपचारिक स्वीकृतिमा केन्द्रित छ।

पार्टी स्रोतका अनुसार, माओवादी केन्द्र र समाजवादीबीचको एकता घोषणा कार्यक्रम कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा आयोजना हुने तयारी छ। सो कार्यक्रममा नौ दलका शीर्ष नेताहरूको संयुक्त उपस्थितिमा एकता घोषणा हुने बताइएको छ।

यो एकताले वामपन्थी पुनर्संरचनाको नयाँ चरणको सुरुवात गर्ने भन्दै माओवादी केन्द्रका नेताहरू उत्साहित देखिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय