Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

कक्षा १२ को पूरक...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

मिथिलाको भाषा र संस्कृतिको संरक्षणबिना राष्ट्र अधुरो : अध्यक्ष ठाकुर

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१८  कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपालमा नेपाली बाहेकका भाषाहरूलाई अझै पनि जागिर र सरकारी कामकाजको माध्यमका रूपमा स्थापित गर्न नसकिएकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सोमबार मैथिलीका महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा जनकपुरधाममा आयोजित विशेष समारोहमा बोल्दै ठाकुरले भने, “संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि भाषागत समानताको प्रश्न अझै सम्बोधन हुन सकेको छैन। नेपाली बाहेकका भाषाहरूलाई रोजगारी र प्रशासनिक भाषाको रूपमा प्रयोग नगर्दा ती भाषाहरूको विकास अवरुद्ध भएको हो।”

उनले थपे, “मैथिली मात्र होइन, नेपालको प्रत्येक मातृभाषा राष्ट्रको सम्पत्ति हो। यदि तिनले पनि नेपाली भाषाजस्तै अवसर र मान्यता पाए भने, ती भाषाहरू छिट्टै फस्टाउन सक्छन्।”

- Advertisement -

अध्यक्ष ठाकुरले महाकवि विद्यापतिको योगदानको स्मरण गर्दै भने, “विद्यापति केवल मिथिलाको गौरव होइनन्, उनी सम्पूर्ण नेपालको साझा सांस्कृतिक प्रतीक हुन्। मिथिलाको भाषा, कला र परम्परा जोगाउन सकेनौं भने हाम्रो राष्ट्रिय पहिचान पनि अधुरो रहन्छ।”

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पनि भाषागत समानताको आवश्यकता जोड दिए। उनका अनुसार, “संविधानले देवनागरी लिपिमा लेखिने भाषाहरूलाई सरकारी कामकाजको भाषा बनाउन सक्ने व्यवस्था गरेको छ, तर व्यवहारमा केवल नेपाली भाषामात्र प्रयोग भइरहेको छ।”

मुख्यमन्त्री सोनलले भाषा आयोगको सिफारिसका आधारमा अन्य मातृभाषाहरूलाई पनि सरकारी कामकाजमा ल्याउने सम्भावना रहेको भन्दै यो दिशामा सरकार सकारात्मक रहेको बताए।

कार्यक्रममा लोसपाका नेता परमेश्वर साह, पार्टी प्रवक्ता डा. आभाष लाभ, साहित्यकारहरू र स्थानीय बुद्धिजीवीहरूको उपस्थिति थियो। सहभागीहरूले विद्यापतिको काव्यकला, मैथिली भाषाको समृद्धि र सांस्कृतिक पहिचानका विषयमा विचार व्यक्त गरेका थिए।

ताजा समाचार

थप समाचार