spot_img

झलनाथ खनालले पार्टी पुनर्गठनको घोषणा, नेताहरूसँग स्वाभिमानसाथ अघि बढ्न आह्वान

spot_img
spot_img

काठमाडौँ,१८ कातिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनर्गठनको घोषणा गरेका छन्। उनले अध्यक्ष माधवकुमार नेपालका कारण पार्टी विभाजित भएपनि पार्टी विलय नहुने स्पष्ट पारे।

नेता खनालले सम्पूर्ण नेता र कार्यकर्तालाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानसाथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गरे। उनका अनुसार सम्पूर्ण नेपालीको चाहना नेपाली विशेषता सहितको स्वतन्त्र र सुन्दर नेपाल निर्माण गर्नु हो, र त्यसतर्फ ध्यान दिन अबको समय महत्वपूर्ण रहेको छ।

खनालले इतिहास स्मरण गर्दै मालेबाट एमाले बनेको अवस्थालाई उल्लेख गर्दै अब एकीकृत समाजवादीको क्रान्तिकारी धारलाई पुनः जागृत गर्दै नयाँ पार्टी निर्माण गर्ने बताए। उनले भने, “कुनै अर्को पार्टीमा विलय हुने कुरा गलत हो, पार्टी पुनर्गठनमा सबै जुटौं।”

साथै, नयाँ कार्यदिशा, नीति र सिद्धान्तको आधारमा अघि बढ्दै सबै प्रकारका हक–अधिकारसहितको नेपाल निर्माणमा जुट्न उनले नेताहरूलाई आह्वान गरे। खनालले आजको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति अनुसार नयाँ पार्टी निर्माणमा आफूहरू सक्रिय रहने बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय