spot_img

सरुवा भएको ९ दिनपछि सिडिओ भोला दाहाल पर्सामा हाजिर

spot_img
spot_img

बीरगन्ज,१८ कातिक । करिब नौ दिनअघि सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहाल मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा औपचारिक रूपमा हाजिर भएका छन्।

गृहमन्त्रालयले कार्तिक ९ गते सिडिओहरूको सरुवा गरेको थियो। सो निर्णयअनुसार दोलखाबाट पर्सा आएका दाहालले लामो प्रशासनिक अनुभवसहित मंगलबारदेखि कार्यभार सम्हालेका छन्।

दाहालको स्वागतका लागि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन अर्याल, वीरगन्ज कारागारका प्रमुख लालबाबु रेग्मी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सन्तोष ढुंगेलसहित कार्यालयका कर्मचारीहरू उपस्थित थिए।

स्वागतपछि सिडिओ दाहालले कार्यालयमा तत्कालै कार्यसम्पादन सुरु गर्दै प्रशासनिक गतिविधि सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय