spot_img

सप्तरीमा श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु

spot_img
spot_img

सप्तरी,१८ कात्तिक । सप्तरीमा घरायसी विवादका क्रममा श्रीमानको बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी ३५ वर्षीया सुनिता सदाको मृत्यु भएको छ।

श्रीमान रतन सदाले कात्तिक ११ गते माईतीस्थित घरमा श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन्। सुनितालाई प्रादेशिक अस्पताल लहान लगिएको थियो र थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइने तयारी भएको थियो।

तर आर्थिक अभावका कारण उपचार गर्न नसक्दा उनलाई घरमा नै ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।

मृतकका श्रीमान रतन सदालाई नियन्त्रणमा लिइएको छ भने शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान सिरहा पठाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय