Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

जेनजी आन्दोलनपछि शान्ति सुरक्षा...

काठमाडौँ,२७ कातिक । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनसँगै प्रभावित भएको शान्ति सुरक्षा हाल...

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

माधव नेपाल नयाँ बाटो हिँडेपछि झाँक्री दोबाटोमा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१८ कातिक । चार वर्षअघि एमालेसँग विद्रोह गर्दै नेकपा (एकीकृत समाजवादी) गठन गर्दा माधव नेपाललाई काँध थाप्ने नेतृमध्येकी एक रामकुमारी झाँक्री हाल पार्टी एकता प्रक्रियामा सामेल नहुने निर्णयमा पुगेकी छन्।

नेत्री झाँक्रीको समूह माओवादीसहितका अन्य पार्टीसँग हुन लागेको एकता प्रक्रियामा सहभागी नहुने र महासचिव घनश्याम भुसालले गर्ने पार्टी पुनर्गठनमा पनि सामेल नहुने पक्षमा रहेको छ। उनका समूहमा पूर्वमन्त्री किसान श्रेष्ठ, पूर्व सांसद अमरबहादुर थापा लगायत केही नेता छन्।

झाँक्रीका अनुसार, “माधव नेपालले हामीलाई बिच बाटोमा छाडेर जानुभयो, अहिले हामी दोबाटोमा उभिएका छौँ। दोबाटोमा उभिएको यात्रीले जता पनि जान सक्छ।” उनले घनश्याम भुसाल समूहमा पनि सामेल नहुने संकेत दिएकी छन्।

- Advertisement -

एकीकृत समाजवादीका नेताहरू हाल तीन समूहमा विभाजित देखिन्छन्। अध्यक्ष माधव नेपाल समूह माओवादीलगायत आठ पार्टीसँग सहमति गरी कात्तिक १९ गते पार्टी एकता घोषणा गर्दैछ। अर्काे समूहमा झलनाथ खनाल, घनश्याम भुसाल, विजय पौडेल र जीवनराम श्रेष्ठसहितका नेताहरू पार्टी पुनर्गठनको तयारीमा छन्।

झाँक्री समूहका नेताहरूको मुख्य विकल्प भनेको नयाँ क्रान्तिकारी पार्टी बनाएर अघि बढ्ने वा पुरानो एमालेमा फर्कने हो। स्रोतका अनुसार, “आफ्नै निर्णय सामूहिक रूपमा हुनेछ, व्यक्तिगत निर्णयले अघि बढ्दैन।”

यसबीच, एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूलाई एमालेमा स्वागत गर्ने तयारीको संकेत दिएका छन्। झाँक्रीले अनौपचारिक रूपमा भनेकी छन्, “हामी समय अनुसार सङ्गठित भएर एमालेमा फर्कने तयारीमा छौँ। ढिलो चाँडो त्यो दिन अवश्य आउँछ।”

ताजा समाचार

थप समाचार