काठमाडौँ,१८ कातिक । नेपाल राष्ट्र बैंकले एकैदिन ११ जना कार्यकारी निर्देशकहरूको सरुवा गरेको छ। सोमबार (कात्तिक १७) को निर्णयअनुसार सरुवा बुधबार (कात्तिक १९) देखि लागू हुने भएको छ।
विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ भने किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मा दिइएको छ। सत्येन्द्र तिमिल्सिनाले भुक्तानी प्रणाली विभाग, विश्रुत थापाले वित्तीय संस्था सुपरिभिजन विभाग, र गुरुप्रसाद पौडेलले मानव संशाधन विभागको जिम्मेवारी पाएका छन्।
त्यस्तै, रामु पौडेल बैंक तथा वित्तीय संस्था नियमन विभाग, अनुज दाहाल मुद्रा व्यवस्थापन विभाग, राजन विक्रम थापा संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, दयाराम शर्मा गभर्नरको कार्यालय, डिल्लीराम पोख्रेल मौद्रिक व्यवस्थापन विभाग र रोशनकुमार सिग्देल बैंकिङ विभागमा पुगेका छन्।
राष्ट्र बैंकमा हाल १७ जना कार्यकारी निर्देशक छन्। तीमध्ये ११ जनाको सरुवा गरिएको छ भने बाँकी ६ जनालाई यथास्थितिमा राखिएको छ।



