spot_img

भैरहवामा गोली प्रहार, होटलका सुरक्षागार्ड घाइते

spot_img
spot_img

भैरहवा,१८ कातिक । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणाको मुख्य गेटअगाडि गएराति गोली चल्दा एक सुरक्षागार्ड घाइते भएका छन्। गोली प्रहार गर्ने समूह भने फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार, घटनाको कारण होटलभित्रको क्यासिनोमा दुई समूहबीच भएको विवाद हो। विवाद बढ्दै जाँदा ती समूहहरू बाहिर निस्किए र त्यस क्रममा एक समूहले गोली चलाएको प्रहरीले जनाएको छ।

गोली प्रहारबाट घाइते भएका सुरक्षागार्डको अवस्था सामान्य रहेको र गोली चलाउने तीन जनाको खोजी तीव्र पारिएको एसपी क्षेत्रीले बताए।

घटनापछि प्रहरीले क्यासिनोमा रहेका केही व्यक्तिहरूसँग बयान लिइरहेको छ। यस घटनाले भैरहवाको सुरक्षा व्यवस्थाप्रति चिन्ता बढाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय