spot_img

भदौ २४ काे आगजनी प्रकरणमा सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले प्रहरीमा जाहेरी

spot_img
spot_img

काठमाडौँ,१८ कातिक । गत भदौ २४ गते न्यायालय परिसरमा भएको आगजनी घटनाको छानबिन अघि बढाउन सर्वोच्च अदालत र काठमाडौँ जिल्ला अदालतले औपचारिक रूपमा प्रहरीले जाहेरी दिएका छन्। दर्ता गरिएको जाहेरीमा आरोपितको नाम भने किटान गरिएको छैन।

एसएसपी रमेश थापाका अनुसार जाहेरी प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिसकेको छ।

काठमाडौँ जिल्ला अदालतले आफ्नो भवन तथा सम्पत्तिमा करिब ६२ करोड रुपैयाँको क्षति भएको अनुमान गर्दै प्रहरीमा जाहेरी दर्ता गराएको हो। सो घटनामा सातवटा उच्च अदालतमा समेत आगजनी र तोडफोड भएको थियो।

सर्वोच्च अदालतले समेत देशभरका प्रभावित अदालतसँग क्षतिको विवरण संकलन गरिरहेको र आवश्यक प्रक्रियासहित थप जाहेरी दर्ता गर्ने तयारी भइरहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय