spot_img

राप्रपाभित्रको किचलो बढ्दै, गुटबन्दी रोक्न शाहीद्वारा लिङ्देन–राणालाई कडा चेतावनी

spot_img
spot_img

काठमाडौँ,१८ कातिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र बढ्दो आन्तरिक विवादबीच सांसद ज्ञानेन्द्र शाहीले पार्टी नेतृत्वलाई गुटबन्दी तत्काल रोक्न कडा चेतावनी दिएका छन्।

जुम्लाबाट निर्वाचित सांसद शाहीले अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणालाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन्। उनले पार्टीभित्र चलिरहेका गुटगत भेला र शक्ति परीक्षणले राप्रपाको संगठन कमजोर बन्दै गएको टिप्पणी गरे।

शाहीले नेताहरूलाई व्यक्तिगत स्वार्थ, अहम् र उपगुट संस्कृति त्यागेर राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गर्दै चेतावनी दिएका छन्।
उनका अनुसार, “राप्रपा नेतृत्वको गुट–उपगुट मनोवृत्ति तुरुन्त बन्द हुनुपर्छ। राष्ट्रवादी शक्तिले फुटेर होइन, एकताबद्ध भएर अघि बढ्नुपर्छ। यदि नेतृत्व मिलेर जान असक्षम छ भने युवाहरूको भविष्य खोस्ने अधिकार तपाईंहरूलाई छैन,” भनेर उनले आक्रोश प्रकट गरे।

शाहीले पार्टी शीर्ष नेतृत्वलाई राष्ट्रवादको एजेन्डा कमजोर नपार्न, जनताले राप्रपाबाट राखेको विश्वासमा चोट नपुग्ने सुनिश्चितता गर्न र संगठन मजबुत बनाउन एकजुट हुने आग्रह पनि गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय