spot_img

पत्रकार राजेश कर्णमाथि आक्रमण, पत्रकार महासंघको ध्यानाकर्षण

spot_img
spot_img

जनकपुर,१८ कात्तिक । मधेसका पत्रकार राजेश कर्णमाथि हिजो भएको शारीरिक आक्रमणप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघका केन्द्रीय सदस्य तथा प्रदेश समितिका सल्लाहकारसमेत रहेका पूर्व अध्यक्ष कर्णमाथि कार्तिक १७ गते साँझ करिब ६ बजे जनकपुरधाम उपमहानगरपालिका–७ नजिक सडकमा हिँड्दै गर्दा पछाडिबाट एक व्यक्तिले आक्रमण गरेका थिए।

घटनापछि आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको महासंघको धनुषा शाखाले जनाएको छ। महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिको उमेर करिब २० वर्ष रहेको र नाम दीपक राय खुल्न आएको उल्लेख छ। महासंघले घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाही र निष्पक्ष छानबिनको माग गरेको छ।

त्यसैगरी, आक्रमणबाट घाइते पत्रकार कर्णको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि महासंघले व्यक्त गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय