spot_img

धनुषा प्रहरीमा पत्रकार कर्णमाथि आक्रमणको विरोध

spot_img
spot_img

जनकपुर,१८ कात्तिक । पत्रकार राजेश कर्णमाथि भएको आक्रमणप्रति आपत्ति जनाउँदै मधेश प्रदेश पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराको नेतृत्वमा पत्रकारहरूको टोलीले आज धनुषा प्रहरी प्रमुखको कार्यालयमा पुगेर दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

अध्यक्ष बन्जाराको नेतृत्वमा गएको टोलीले जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएको छ। टोलीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ।

पत्रकार संघ धनुषाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रिपोर्टिङका क्रममा पत्रकारमाथि गरिएको आक्रमण अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात हो। यस्तो घटना दोहोरिन नदिन तत्काल दोषीमाथि कारबाही हुनुपर्छ।”

पत्रकार कर्णमाथि केही दिनअघि रिपोर्टिङका क्रममा गरिएको आक्रमणले स्थानीय सञ्चारकर्मीहरूमा त्रास फैलाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय