काठमाडौं,१८ कात्तिक । जेन–जी आन्दोलनका क्रममा सक्रिय भूमिका निभाउँदै आएका डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि हिंसा भड्काउने खालका अभिव्यक्ति सार्वजनिक गरेको आरोप लगाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ।
यद्यपि, भुसाललाई कहांबाट र कुन कारणले नियन्त्रणमा लिइयो भन्ने विषयमा प्रहरी मुख्यालयले आधिकारिक विवरण सार्वजनिक गर्न बाँकी छ। भुसाल पछिल्लो समय जेन–जी आन्दोलनसँगै राजनीतिक तथा सामाजिक मुद्दामा सक्रिय भएका थिए।
निकोलस भुसाल यसअघि पनि माइतीघर मण्डलालगायत स्थानमा रहेको निषेधित क्षेत्र उल्लंघन गर्दै प्रदर्शनमा सहभागी भएको आरोपमा पटक–पटक पक्राउ परिरहेका छन्।
प्रहरीले यस पटकको पक्राउलाई कानुन–व्यवस्था र सार्वजनिक सुरक्षाको संरक्षणका लागि आवश्यक कदमका रूपमा लिएको बताएको छ।



